सिद्धार्थ बैंक लिमिटेडद्वारा पोखरा विश्वविद्यालय शिक्षण अस्पताललाई अपरेशन थिएटर टेबल हस्तान्तरण

काठमाडौं l सिद्धार्थ बैंक लिमिटेडले गण्डकी प्रदेश, कास्की जिल्लामा अवस्थित पोखरा विश्वविद्यालय शिक्षण अस्पताललाई अपरेशन थिएटर टेबल हस्तान्तरण गरेको छ ।

उक्त टेबल बैंकका संचालक समितिका अध्यक्ष श्री मनोज कुमार केडियाज्यूले विश्वविद्यालयका रजिस्ट्रार प्रा.डा. श्री दीपक बहादुर भण्डारीलाई एक कार्यक्रमका बीच हस्तान्तरण गरे । उक्त कार्यक्रममा बैंकको तर्फबाट बैंकका संचालक समितिका अध्यक्ष श्री मनोज कुमार केडिया, संचालक समितिका सदस्य श्री दिनेश शंकर पालिखे, बैंकका प्रमुख कार्यकारी अधिकृत श्री सुन्दर प्रसाद कडेलज्यू लगायतको उपस्थिति रहेको थियो । 

त्यसैगरी, कार्यक्रममा पोखरा विश्वविद्यालय शिक्षण अस्पतालाका निर्देशक डा. दिपेन्द्र कुमार यादवज्यू लगायतको पनि उपस्थिति रहेको थियो । यस सहयोगले बिरामीहरूले उच्च स्तरीय उपचार सेवा पाउनेछन् भन्ने विश्वास बैंकले लिँदै आगामी दिनहरुमा पनि यस्ता सामाजिक कार्यहरुलाई सधैँ आफ्नो उच्च प्राथमिकतामा राखी निरन्तरता दिँदै जाने उद्देश्य बैंकको रहेको छ । 

Related posts

हार्दिक शुभकामना, संविधान दिवसकाे

नेपाल ल्यूब आयलको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज

आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने