साताको सेयर समीक्षा : ३९ अंकको गिरावट, एक दिन मात्रै १० अर्बमाथिको कारोबार

काठमाडौं l गत साताको तुलनामा यो साता सेयर बजार ३९ अंक अर्थात् १.४ प्रतिशत घटेको छ । गत साता २७२७ अंकमा रहेको सेयर बजार यो साता २६८८ अंकमा कायम भएको छ । 

यो साता बजारको गिरावट दर गत साताभन्दा ठूलो हो । गत साता ०.८ प्रतिशतले घटेको थियो । पहिलो कारोबार दिन आइतबार बजार २५.४६ अंक घटेकोमा सोमबार ५५.८६, मंगलबार १३.०९ र बुधबार २२.७३ अंक घट्यो । तर अन्तिम दिन बिहीबार भने ७८.३१ अंक बढ्यो । कारोबार रकम पनि खुम्चिइरहेको छ । साउनको अन्तिम दिन ३० अर्बसम्म पुगेको कारोबार अहिले १० अर्बमुनि सीमित हुन थालेको छ । यो साता एक दिन मात्रै १० अर्बमाथिको कारोबार भयो । आइतबार १० अर्ब १२ करोड, सोमबार ९ अर्ब ४३ करोड, मंगलबार ७ अर्ब २४ करोड, बुधबार ६ अर्ब ८५ करोड तथा बिहीबार ८ अर्ब १६ करोडको कारोबार भयो ।

Related posts

नेप्सेमा सूचीकृत १३ कम्पनीहरुले गरे लाभांश घोषणा,कुनकाे कति?

एनएलजी इन्स्योरेन्सको सेयर बिक्रीमा

सीईडीबी हाइड्रोपावर कम्पनीको लाभांश प्रस्ताव