ओरियन्टल होटल्सको लाभांश घोषणा : एजीएम र बुक क्लोज मिति पनि निर्धारण

काठमाडौं l ओरियन्टल होटल्सले लाभांश प्रस्तावसहित असोज २० गते २७ औं वार्षिक साधारण सभा बोलाएको छ । सभा नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान जावलाखेल, ललितपुरमा बिहान ११ बजेबाट सुरु हुनेछ । सभामा, होटल्सले ५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पेस गर्नेछ । यस्तै, कर प्रयोजनको लागि ०.२६३१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि छ । 

सभामा आर्थिक वर्ष २०८०–८१ को वार्षिक प्रतिवेदनमा छलफल हुनेछ । साथै, सोही आर्थिक वर्षको नाफा नोक्सान, नगद प्रवाहमा पनि छलफल गर्ने एजेन्डा रहेको छ । आर्थिक वर्ष २०८१–८२ को लागि लेखा परीक्षक नियुक्त गर्ने र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि राखिएको छ । 

सभा प्रयोजनको लागि ओरियन्टलले असोज ७ गतेदेखि असोज २० गतेसम्म बुक क्लोज गर्ने भएको छ ।

Related posts

हार्दिक शुभकामना, संविधान दिवसकाे

नेपाल ल्यूब आयलको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज

आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने