नेपाल बैंकको नगद निक्षेप मेसिन सञ्चालनमा

काठमाडौँ l नेपाल बैंकले काठमाडौं न्यूरोडस्थित मुख्य शाखामा पहिलो नगद निक्षेप मेसिन सञ्चालनमा ल्याएको छ।

बैंकले ग्राहक सेवालाई थप प्रभावकारी तथा डिजिटल मैत्री बनाउदै अत्याधुनिक बैंकिङ सेवा विस्तार गरिँदै लगिने जनाएको छ।

नयाँ जडान गरिएको मेसिनमा रियल टाइम नगद जम्मा गर्ने सुविधा भएकोले ग्राहकलाई क्यास काउन्टरबाट मात्र नगद जम्मा गर्नुपर्ने बाध्यता हटेको बैंकको भनाइ छ। हाल बैंकले २२९ शाखा, ५९ एक्टेन्सन काउण्टर र २०४ एटिएम काउण्टरबाट सेवा प्रदान गरिरहेको छ।

Related posts

गरिमा क्यापिटलले डिम्याट र मेरोशेयर खाता ल्यायो बम्पर दशैंतिहार अफर

गरिमा विकास बैंकको डेपुटी सीईओमा अनिल रेग्मी नियूक्त

५० अर्ब तरलता खिच्दै राष्ट्र बैंक