हिमालय ऊर्जाको साँढे १४ लाख कित्ता सेयर लिलामीमा राखिने

काठमाडौं । हिमालय ऊर्जा विकास कम्पनीको साढे १४ लाख कित्ता सेयर लिलामीमा राखिने भएको छ ।

कम्पनीले गत साउन २४ गतेदेखि भदौ १२ गतेसम्म चुक्ता पुँजीको सतप्रतिशत अर्थात १ः१ अनुपातमा हकप्रद सेयर जारी गरेको थियो । जसअनुसार कम्पनीले ९९ लाख कित्ता हकप्रद बिक्री खुला गरेको थियो ।

कम्पनीका सेयरधनीहरुले भने तोकिएको अवधिमा ८४ लाख ५३ हजार ६४१ कित्ता सेयर खरिद गर्न आवेदन दिए । उक्त सेयरको बाँडफाँट भदौ २५ गते गरिएको छ ।

बाँकी रहेको १४ लाख ४६ हजार ३५९ कित्ता सेयर कम्पनीले लिलामी प्रक्रियामार्फत बिक्री गर्नेछ। यसका लागि कम्पनीले छिट्टै लिलामीको सूचना जारी गर्नेछ।

Related posts

आज कुन देशको मुद्राको भाउ कति छ ?

५० अर्ब तरलता खिच्दै राष्ट्र बैंक

आर्थिक क्षेत्रमा पुनर्जागरण ल्याउने रणनीतिमा लुम्बिनी चेम्बर