लक्ष्मी सनराइज बैंकको वीरगंजको आदर्शनगर चोकको शाखा लिंक रोडमा स्थानान्तरण

काठमाडौँ l लक्ष्मी सनराइज बैंकले पर्सा जिल्लाको वीरगन्ज महानगरपालिकामा सेवा विस्तार गरेको छ । बैंकले वीरगन्ज महानगरपालिकाको वडा न. ८ स्थित लिंक रोडमा आफ्नो शाखा स्थानान्तरणमार्फत सेवा विस्तार गरेको हो।

यसअघि उक्त शाखा बैंकको वीरगंज महानगरपालिका वडा न. ६ स्थित आदर्शनगर चोकमा रहेको थियो । बैंकले अघिल्लो शाखा स्थानबाट करिब १ किलोमिटर मिटर उत्तर-पूर्वतर्फ सो शाखा स्थानान्तरण गरिएको जानकारी दिएको हो । 

स्थानान्तरण गरिएको साविकको शाखाका ग्राहकहरुले आदर्शनगरमा रहेको अर्को शाखा मार्फत सेवा लिन सकिने बैंकले जनाएको छ । स्थानान्तरण भएसँगै लक्ष्मी सन्‌राइज बैंकले आफ्नो सेवा विस्तार गर्दै ग्राहकहरुमाझ बैंकिङ्ग सेवाको पहुँच अझ सहज बनाउने विश्वास राखेको छ। 

स्थानान्तरण भएको शाखाले ग्राहक तथा व्यवसायीहरुलाई सबै प्रकारका रिटेल बैँकिङ्ग सेवाहरु प्रदान गर्नेछ ।

हाल लक्ष्मी सन्राइज बैंकको सञ्जालमा ५९ जिल्लामा २५४ शाखा, ३२० एटिएम, २८ एक्स्टेन्सन काउन्टर र १२८ शाखारहित बैँकिङ्ग एजेन्ट रहेका छन् ।

Related posts

आज कुन देशको मुद्राको भाउ कति छ ?

५० अर्ब तरलता खिच्दै राष्ट्र बैंक

आर्थिक क्षेत्रमा पुनर्जागरण ल्याउने रणनीतिमा लुम्बिनी चेम्बर