काठमाडौं महानगरमा थपिए ७ हजार ८ सय करदाता

काठमाडौं । काठमाडौं महानगरपालिकामा आर्थिक वर्ष २०८०/८१ मा ७ हजार ८ सय करदाता थपिएका छन् ।

महानगरका अनुसार आर्थिक वर्ष २०८०/८१ मा बहाल करतर्फ ३ हजार ३१७ जना करदाता थप भएको छ । यस्तै व्यवसाय करतर्फ ३ हजार १६७ जना र सम्पत्ति करतर्फ १ हजार ३३९ जना करदाता थप भएको छ ।

महानगरले करको दायरा बढाउन प्रत्येक वडामा घरदैलो कार्यक्रम समेत गरेको थियो । कर दाताको संख्या बढेसँगै राजस्वमा वृद्धि हुने अनुमान महानगरको छ ।

Related posts

नेप्सेमा सुचिकृत विभिन्न ६ कम्पनीको लाभांश घोषणा, कुन कम्पनीको कति ?

सहकारी प्रकरणमा उपसभापति गुरुङमाथि छानबिन हुन्छ : महामन्त्री थापा

कान्तिपुर फर्मास्यूटिकल्स ल्याबले आइपिओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल नियुक्त