आरबीबी मर्चेन्ट बैंकिङले १८ प्रतिशत बोनस दिदैँ

काठमाडौं l आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेडले १८ प्रतिशत बोनस दिने प्रस्ताव गरेको छ । कसर सहित १८ प्रतिशत बोनस आगामी साधारणसभाले पारित गरेपछि शेयर धनिलाई दिने कम्पनीले जनाएको छ । 

कम्पनीले असोज १८ गते वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको भदौ २४ गते बसेको सञ्चालक समितिको बैठकले सो दिन सभा बस्ने निर्णय गरेको हो । सभामा आर्थिक वर्ष २०८०–८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल हुनेछ । 

त्यस्तै, आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति गर्ने अर्को एजेन्डा पनि छ । सभा राष्ट्रिय वाणिज्य बैंकको केन्द्रीय कार्यालय सिंहदरबारप्लाजा, काठमाडौंमा दिउँसो २ बजेबाट सुरु हुनेछ ।

Related posts

गरिमा क्यापिटलले डिम्याट र मेरोशेयर खाता ल्यायो बम्पर दशैंतिहार अफर

गरिमा विकास बैंकको डेपुटी सीईओमा अनिल रेग्मी नियूक्त

५० अर्ब तरलता खिच्दै राष्ट्र बैंक