माण्डु हाइड्रोपावरले घोषणा गर्‍याे लाभांशन

काठमाडौं । माण्डु हाइड्रोपावरले आर्थिक वर्ष २०८०/८१ का लागि लाभांश घोषणा गरेको छ।

कम्पनी सञ्चालक समितिको भदौ २० गते बसेको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण गर्ने निर्णय गरेको हो। जसअनुसार कम्पनीले चुक्तापुँजी १ अर्ब ३६ करोड ३६ लाख ३७ हजार रुपैयाँको १२ प्रतिशतले हुन आउने १६ करोड ३६ लाख ३६ हजार ४४० रुपैयाँ नगद लाभांश वितरण गर्ने निर्णय कम्पनीले गरेको छ।

प्रचलित कानुनबमोजिम कर कट्टी गरी नगद लाभांश वितरण गरिने कम्पनीले जनाएको छ।

प्रस्तावित लाभांश कम्पनीको १३ औँ वार्षिक साधारणसभाबाट अनुमोदन गरेर शेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ।

सोही बैठकले कम्पनीको १३ औँ वार्षिक साधारणसभा आउँदो असोज १४ गते आयोजना गर्ने निर्णय गरेको छ। सभा काठमाडौंको नयाँबजारस्थित नेपा बैंक्वेटमा बिहान १० बजेबाट सुरु हुनेछ।

सोही सभाले प्रस्तावित लाभांश अनुमोदन गरेपछि शेयरधनीहरुले पाउनेछन्।

लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ कम्पनीले भदौ ३१ गते बुक क्लोज गर्ने निर्णय गरेको हो। यसको अर्थ ३० गतेसम्म कायम शेयरधनीमात्रै लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

Related posts

५० अर्ब तरलता खिच्दै राष्ट्र बैंक

आर्थिक क्षेत्रमा पुनर्जागरण ल्याउने रणनीतिमा लुम्बिनी चेम्बर

हिमालयन रिको सर्वाधिक लगानि रहेको प्रोटेक्टिभ माइक्रोले कस्तो पायो रेटिङ