असोज ७ गतेदेखि चाडपर्व लक्षित सहुलियत पसल सञ्चालन हुने

काठमार्डां । सरकारले चाडवाडको समयमा उपभोक्तालाई खाद्यादेखि विभिन्न सामान खरिदमा सहुलियत दिनका लागि यस वर्षका लागि असोज ७ गतेदेखि सहुलियत पसल सञ्चालन गर्ने भएको छ ।

अघिल्ला वर्ष जस्तै यसपालि पनि खाद्य व्यवस्था तथा व्यापार कम्पनी, साल्ट ट्रेडिङ र दुग्ध विकास संथानले सहुलियत पसल सञ्चालन गर्न आवश्यक तयारी अगाडि बढाएका छन् ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले असोज ७ देखि फागु पूर्णिमासम्म छुटसहितको सहुलियत पसल सञ्चालन गर्ने तयारी गरेको छ । सहुलियत पसलमा खाद्यान्नमा प्रति किलो रुपैयाँसम्म र खसीबोकामा प्रतिकिलो १० रुपैयाँ छुट दिने निर्णय भएको कम्पनीमा प्रमुख कार्यकारी अधिकृत रमेश आचार्यले जानकारी दिएका छन् । त्यस्तै दुग्धजन्य पदार्थमा ७ रुपैयाँसम्म छुट दिइने भएको छ ।  कम्पनीले देशका विभिन्न स्थानमा ६१ वटा सहुलियत पसल सञ्चालन गर्नेछ ।

कम्पनीले असोज ७ देखि फागु पूर्णिमासम्म करिब ५० क्विन्टल खाद्यान बिक्री गर्ने लक्ष्य राखेको छ । यसपालिको दशैंमा कम्पनीले १५ सय खसीबोका र ३०० वटा च्याङ्गा बिक्रीमा राख्ने तयारी गरेको छ । पोहोर खसीबोका बेच्न समस्या भएका कारण यसपालि संख्या घटाउन लागिएको बताइएको छ । ग्राहकले सबै प्रकारका चामलमा प्रतिकिलो ५ रुपैयाँ छुट पाउने भएका छन् । कर्णालीको रैथाने चामलमा ७ रुपैयाँ छुट हुने जनाइएको छ ।

Related posts

सहकारी छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

संविधान दिवसको अवसरमा नेपाल टेलिकमले ल्यायो नयाँ अफर

लाभांशसहित यि एजेण्डा पारित गर्न सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले बोलायो साधारणसभा