रिलायवल नेपाल लाइफ इन्स्योरेन्स आठौँ वर्षमा प्रवेश

काठमाडौँ । रिलायवल नेपाल लाइफ इन्स्योरेन्स जीवन बिमा कारोबार सुरु गरेको ७ वर्ष पुरा गरी आठौँ वर्षमा प्रवेश गरेको छ । 

सातौँ वार्षिकोत्सवको अवसरमा कम्पनीले बिमा जागरण सहितको प्रभातफेरी र अन्य शाखाहरूमा  विभिन्न कार्यक्रमहरु गरेको छ । 

जसअनुसार दमक, नारायणगढ, लेखनाथ, बुटवल, नेपालगन्ज शाखाहरूमा रक्तदान, दमौली शाखाको आयोजनामा भोर्लेटारमा स्वाथ्य शिविर, धनकुटामा स्वास्थ्य शिविर, राजविराज शाखामा वृक्षारोपण गरिएको छ । यस्तै अन्य केही शाखाहरूले विद्यालयहरूलाई शैक्षिक सामाग्रीहरू तथा वृद्धाश्रममा खाद्य सामाग्रीहरू वितरण तथा सरसफाइ समेत गरी वार्षिकोत्सव मनाएका छन् । 

Related posts

सानिमा बैंकमा जागिर खुल्यो, कति चाहिन्छ योग्यता ?

आफ्नै स्रोत नभएका स्थानीय तहलाई सतप्रतिशत अनुदान दिन्छौंः अर्थमन्त्री

सेबोनको अध्यक्षका लागि २ जनाको नाम सिफारिस गर्न नमिल्ने