सानिमा बैंकमा जागिर खुल्यो, कति चाहिन्छ योग्यता ?

काठमाडौं । सानिमा बैंक लिमिटेडले असिस्टेन्ट ट्रेनी र जुनियर असिस्टेन्ट ट्रेनी पदका लागि कर्मचारी मागेको गरेको छ । बैंकले सबै प्रदेशका गाँउपालिकामा रहेका शाखा कार्यालयका लागि उक्त पदमा कर्मचारी माग गरेको हो ।

आवेदक असिस्टेन्ट ट्रेनी पदका लागि २५ वर्ष पुरा नभएको र व्यवस्थापन संकायमा ४५ प्रतिशत अथवा २.७५ सिजीपीए ल्याएर स्नातक तह उत्रिण गरेको हुनु पर्नेछ ।  तर वाणिज्य बैंकमा १० महिना काम गरेको अनुभव भएका आवेदकको उमेर भने २८ वर्ष नकटेको हुनु पर्ने बैंकले जनाएको छ ।

त्यस्तै,  २५ वर्ष पुरा नभएका आवेदकले जुनियर असिस्टेन्ट ट्रेनी पदका लागि सेकेण्ड डिभिजन अथवा २.४ सिजीपीए ल्याई १२ कक्षा उत्रिण गरेको हुनु पर्नेछ । योग्यता पुगेका इच्छुक आवेदकले भदौ २७ गतेसम्म लागि आवेदन सक्ने बैंकले जनाएको छ।

Related posts

रिलायवल नेपाल लाइफ इन्स्योरेन्स आठौँ वर्षमा प्रवेश

आफ्नै स्रोत नभएका स्थानीय तहलाई सतप्रतिशत अनुदान दिन्छौंः अर्थमन्त्री

सेबोनको अध्यक्षका लागि २ जनाको नाम सिफारिस गर्न नमिल्ने