एकै सातामा लगानीकर्ताको सम्पत्तिमा ३.५७ खर्बको गिरावट

Frustrated business man looking at the falling graph of a stock market struck in financial crisis

काठमाडौं । पुंजीबजारका लगानीकर्ताहरुलाई गएको साता सुखद रहेन। चार दिन मात्र चलेको नेप्सेमा एकै साता २२४.८९ अंकको गिरावट देखियो। 

गत साताको आइतबार ७९।८८को गिरावट, मंगलबार १११.९६ गिरावट र साताको अन्तिम दिन बिहिबार ३६ . ८३ अंकको गिरावट नेप्सेले देख्यो। साताको एक दिन बुधबार मात्र नेप्से ३ . ८० र नेप्से बढ्यो। सोमबार भने श्रीकृष्ण जन्माष्टमीको सार्वजनिक बिदाका कारण कारोबार भएन।  

यस अगाडीको बिहीबार २९७४.४६ को विन्दुमा बन्द भएको नेप्से यो साता बिहीबार नेप्से २७४९.५७ को विन्दुमा बन्द भएको छ। सबै १३ वटै उपसमूहमा गिरावट आएको छ।

बजार घट्दा नेप्सेको कुल बजार पुँजीकरण पनि घटेको छ। गत साताको अन्त सम्ममा  ४७ खर्ब २४ अर्ब ५ करोड ९३ लाख रुपैयाँ रहेको कुल बजार पुँजीकरण यो साता ४३ खर्ब ६६ अर्ब ८८ करोड ६० लाख रुपैयाँमा झरेको छ। 

एकै सातामा नेप्सेको सम्पति ३ खर्ब ५७ अर्ब १७ करोड ३२ लाख रुपैयाँले घटेको छ।

Related posts

एनएलजी इन्स्योरेन्सको सेयर बिक्रीमा

सीईडीबी हाइड्रोपावर कम्पनीको लाभांश प्रस्ताव

साताको सेयर समीक्षा : ३९ अंकको गिरावट, एक दिन मात्रै १० अर्बमाथिको कारोबार