सहकारी छानबिन संसदीय समितिले एक साताभित्र प्रारम्भिक प्रतिवेदन तयार पार्ने

काठमाडौँ । सहकारी छानबिन संसदीय विशेष समितिले एक साताभित्र प्रारम्भिक प्रतिवेदन तयार पार्ने भएको छ ।

विशेष समितिको कार्यविधिअनुसार विभिन्न सहकारी र कम्पनीको रकम दुरुपयोगमा संलग्नको रूपमा आरोपित व्यक्तिहरूमध्ये ५० जना व्यक्तिसँग गरिएको सोधपुछ गरिएको अहिलेसम्मको छलफल बयानको समीक्षात्मक प्रतिवेदनको मस्यौदा सात दिनमा तयार पार्ने समिति सभापति सूर्य थापाले जानकारी दिए ।

समितिले विभिन्न नियामक निकाय, सरोकारवाला व्यक्ति, संस्थासँग छलफल गरेको थियो । समितिलाई दिइएको समय यही भदौ २३ गते सकिँदैछ ।

Related posts

अब ओमानी मुद्रा नेपालमै खरिद बिक्री गर्न सकिने

आज कम्बोडिया जाँदै सभामुख

मिटरब्याजी आरोपमा बस्नेत दम्पतीको नाक ‘पिलासले समातेर चक्कुले काटियो’