आज अधिकांश एशियाली सेयर बजारको खराब सुरुवात

Frustrated business man looking at the falling graph of a stock market struck in financial crisis

काठमाण्डौ । आज एशियाका अधिकांश सेयर बजारले गिरावटका साथ कारोबारको सुरुवात गरेका छन् । एनभिडियाले दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेसँगै दक्षिण कोरिया र ताइवानको इन्डेक्समा दबाब परेको छ ।  

एनभिडियाले दोस्रो त्रैमाससम्म ३० अर्ब डलर आम्दानी गरेको छ । जुन अघिल्लो त्रैमासको तुलनामा १५ प्रतिशत र एक वर्षको तुलनामा १२२ प्रतिशतले बढी हो । यस्तै कम्पनीले ५० अर्ब डलरबराबरको सेयर बाईब्याक गर्ने समेत घोषणा गरेको छ ।

एनभिडियाको वित्तीय प्रतिवेदन सार्वजनिक भएसँगै ताइवानको  सेयर बजार १.१४ प्रतिशतले घटेको छ । ताइवान सेमीकन्डक्टर उत्पादक कम्पनीको सेयरमूल्य २.०७ प्रतिशतले घटेको छ ।  

यस्तै जापानको निक्की२२५ इन्डेक्स पनि ०.३९ प्रतिशतले ओरालो लागेको छ । टोपिक्स पनि ०.२४ प्रतिशतले घटेको छ ।  

अष्ट्रेलियाको एस एण्ड पी÷एएसएक्स२०० पनि ०.६७ प्रतिशत,हङकङको हाङसेङ इन्डेक्स ०.४ र चीनको सीएसआई३०० सूचक ०.३१ प्रतिशतले घटेका छन् ।  

Related posts

एनएलजी इन्स्योरेन्सको सेयर बिक्रीमा

सीईडीबी हाइड्रोपावर कम्पनीको लाभांश प्रस्ताव

साताको सेयर समीक्षा : ३९ अंकको गिरावट, एक दिन मात्रै १० अर्बमाथिको कारोबार