सेयर बजारमा १११.९६ अंकको गिरावट हुँदा १८ अर्ब ६४ करोड माथिको कारोबार

Frustrated business man looking at the falling graph of a stock market struck in financial crisis

काठमाडौँ । नेप्सेमा आज ठुलो गिरावट आएको छ । मंगलबार नेप्से १११.९६ अङ्कले घटेर २७८२.६० विन्दुमा पुगेको छ ।

मंगलबार ३३० कम्पनिको कूल ४ करोड ३८ लाख ६८  हजार ९७० कित्ता सेयर २ लाख ३४ हजार ३६० पटक कारोबार हुदा १८ अर्ब ६४ करोड ९५ लाख ३३ हजार १७० मूल्यमा खरिद बिक्री भएका छन् ।

त्यस्तै, आज तारागाउँ रिजेन्सी होटल र डोल्टी हाइड्रोको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै आज नेपाल फाइनान्स लिमिटेडको सेयरमा नकारात्मक सर्किट लागेको छ ।

त्यस्तै, आज कारोबारको हिसाबले सबैभन्दा बढी हिमालयन रिइन्सुरेन्सको ६५ करोड ४२ लाख ९ हजार ५८२ को रकम बराबरीको खरिद बिक्रि भएको छ भने आज अपिको सबैभन्दा बढी १४ लाख ५९ हजार ४५० कित्ता सेयर कारोबार भएको छ ।

आज उच्च किनबेच गर्ने कम्पनीहरु यस्ता छन्

हिमालयन रिइन्स्योरेन्स ६५ करोड ४२ लाख रुपैयाँ,अपी पावर ५१ करोड ७५ लाख रुपैयाँ,अरुण भ्याली हाइड्रोपावर ४५ करोड ६३ लाख रुपैयाँ,नेपाल फाइनान्स ४१ करोड ५५ लाख रुपैयाँ
निफ्रा ३३ करोड ४६ लाख रुपैयाँ,शिवम सिमेन्ट ३३ करोड ११ लाख रुपैयाँ,एचआईडीसीएल ३२ करोड ६३ लाख रुपैयाँ,अपर तामाकोशी ३१ करोड ६९ लाख रुपैयाँ,रिलायन्स फाइनान्स ३१ करोड १४ लाख रुपैयाँ,सानिमा माई हाइड्रोपावर २८ करोड ४९ लाख रुपैयाँको सर्वाधिक कारोबार भएकाे छ ।

Related posts

एनएलजी इन्स्योरेन्सको सेयर बिक्रीमा

सीईडीबी हाइड्रोपावर कम्पनीको लाभांश प्रस्ताव

साताको सेयर समीक्षा : ३९ अंकको गिरावट, एक दिन मात्रै १० अर्बमाथिको कारोबार