आईपीओ निष्कासन गर्ने तयारीमा गाउँघर उज्यालो साना हाईड्रोपावर

काठमाडाैं । गाँउघर उज्यालो साना हाईड्रोपावर कम्पनीले प्राथमिक सेयर (आईपीओ)निष्कासन गर्ने तयारी गरेको छ । भदौ ८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले साधारण सभाको मिति,स्थान र समय तय गरेको छ ।

कम्पनीले आईपीओ निष्कासनसहितका विशेष प्रस्ताव पारित गर्न आगामी असोज तीन गते साधारणसभा बोलाएको हो । सभा ललितपुरको बालकुमारीस्थित केएफसीमा विहान ११ बजेदेखि शुरु हुनेछ ।

उक्त सभामा सर्वसाधारणलाई कम्पनीको आईपीओ निष्कासन गर्ने, आईपीओबाट प्राप्त रकमको उपयोगका बारेमा निर्णय गर्ने,चुक्तापूँजी वृद्धि गर्ने र स्वीकृत प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने विशेष प्रस्तावहरु पारित गरिनेछ ।

यस्तै सभामा आव २०८०/८१ को वार्षिक प्रतिवेदन पारित गर्ने तथा २०८१ असार मसान्तसम्मको नाफा नोक्सान हिसाब,नगद प्रवाह विवरण लगायतका वित्तीय विवतरणहरु पारित गर्ने प्रस्ताव समेत पारित गर्नेछ ।

Related posts

असोजका लागि घट्यो ब्याजदर, कुन बैंकमा पैसा राख्दा पाइन्छ धेरै ब्याज ?

‘२८ हजार मेगावाट उत्पादनको लागि ४६ खर्ब लगानी आवश्यक: बैंक, बीमाका लागि धेरै ठूलो अवसर’

अर्थ समितिबाट बैंकिङ कसुर तथा सजाय विधेयक पारित