प्रभु महालक्ष्मी लाइफद्वारा १०.५२% लाभांश घोषणा

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । कम्पनीको भदौ ७ गते बसेको सञ्चालक समिति बैंठकले आर्थिक वर्ष २०७९-८० को लाभांश घोषणा गरेको हो ।

बैठकले चुक्तापूँजीको १० प्रतिशत बराबर बोनस सेयर तथा कर प्रयोजनको लागि ०.५२ प्रतिशत नगद लाभांश समेत गरी कुल १०.५२ प्रतिशत लाभाशं वितरण गर्ने निर्णय गरेको छ । साथै, कम्पनीले यस अघि घोषणा गरेको १७ प्रतिशत हकप्रद सेयरलाई परिमार्जन गरी ७ प्रतिशत मात्र हकप्रद सेयर जारी गर्ने भएको छ ।

बिमा प्राधिकरणले तोकेको ५ अर्ब चुक्ता पुँजी पुर्याउन १० प्रतिशत बोनस सेयर प्रश्चात ७ प्रतिशत मात्र हकप्रद जारी गरे पुग्ने हुँदा संस्थाले यसअघि घोषणा गरेको हकप्रद सेयरको दर घटाएको हो । बिमा प्राधिकरणले उक्त प्रस्ताव स्वीकृति गरेपछि यस कम्पनीको आगामी साधारण सभामा पेश हुनेछ ।

Related posts

नेप्सेमा सुचिकृत विभिन्न ६ कम्पनीको लाभांश घोषणा, कुन कम्पनीको कति ?

काठमाडौं महानगरमा थपिए ७ हजार ८ सय करदाता

सहकारी प्रकरणमा उपसभापति गुरुङमाथि छानबिन हुन्छ : महामन्त्री थापा