नेपाल हाप्किडो संघको छैठौं अधिवेशन सम्पन्न, सभापतिमा यनिप महर्जन

ललितपुर l नेपाल हाप्किडो संघको छैठौं अधिवेशन सम्पन्न भएको छ । शनिबार सम्पन्न अधिवेशनबाट सभापतिमा यनिप महर्जन सहित १७ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ। समितिको वरिष्ठ उपाध्यक्षमा नरेन्द्र महर्जन, उपाध्यक्षमा सानुराजा बज्राचार्य, महासचिवमा मनोजकुमार महर्जन र सचिवमा महेशराज बज्राचार्य र कोषाध्यक्षमा नितिसा महर्जन चयन भएका हुन् ।

यस्तै सदस्यहरुमा रामकुमार राजथला, लभेन्द्र नेमकुल, नरेश महर्जन, इन्द्र महर्जन, सुरेश चन्द ठकुरी, आशिष परियार, सुकुराम लामा, ममता महर्जन, रुपा नेपाली, प्रदिप शाही चयन भएका छन् ।

अधिवेशनको उद्घाटन गर्दै प्रमुख अतिथी महालक्ष्मी नगरपालिकाका प्रमुख हरिगोविन्द श्रेष्ठले खेल सुधारका लागि आवश्यक खाका तयार गर्नुका साथै बजेट व्यवस्थापनमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । यस्तै नगरपालिकाकी उपप्रमुख लक्ष्मी महर्जनले हाप्किडो खेललाई विकास गर्न सम्भव भएसम्म आवश्यक भौतिक पूर्वाधार निर्माण गर्ने आश्वासन दिइन् ।

कार्यक्रमका विषेश अतिथी नेपाल राष्ट्रिय मार्सल आर्ट खेल महासंघका अध्यक्ष सुदिप क्षेत्रीले आगाी दिनमा हुनलागेको मार्सल आर्ट प्रतियोगितामा हाप्किडोलाई सहभागी गराउन महासंघको तर्फबाट पहल गर्ने बताएका छन् । उनले हाप्किडोलाई प्राथमिकता दिइने बताए ।

Related posts

हार्दिक शुभकामना, संविधान दिवसकाे

नेपाल ल्यूब आयलको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज

आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने