सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम-३ को लाभांश घोषणा

काठमाडौं । सिद्धार्थ क्यापिटलको व्यवस्थापनमा सञ्चालित सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम-३ को लाभांश घोषणा भएको छ ।

कम्पनीले इकाईधनीहरुलाई करसहित सात प्रतिशतका दरले ५ करोड ६४ लाख ६ हजार रुपैयाँ प्रतिफल दिने भएकाे छ । योजना व्यवस्थापक सिद्धार्थ क्यापिटलको गत भदौ २ गते बसेको सञ्चालक समितिको बैठकले उक्त प्रतिफल दिने निर्णय गरेको हो ।

सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत कम्पनीकाे योजना व्यवस्थापक रही सञ्चालनमा रहेका सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम- ३ को आर्थिक वर्ष २०८०/०८१ को लेखापरीक्षण कार्यसमेत सम्पन्न भएको कम्पनीले जनाएकाे छ ।

Related posts

सहकारी छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

संविधान दिवसको अवसरमा नेपाल टेलिकमले ल्यायो नयाँ अफर

लाभांशसहित यि एजेण्डा पारित गर्न सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले बोलायो साधारणसभा