सिईओको पदमा बसेर आफन्त पोस्दै अशोक शरेचन, विश्वासको नाम भजाएर ग्राहक कगांल बनाउँने बैंक निति

Interview with Ashok Serchan, CEO of Parbhu Bank in Kathmandu on Monday. PHOTO: BALKRISHNA THAPA CHHETRI

काठमाडौं । विश्वास लिन्छौं, विश्वास दिन्छौँ भन्ने मुल मन्त्र जपेर जनताको आखाँमा छारो हाल्न बानी परेको प्रभु बैंक लिमिटेडको वास्तविकता रुप उदाङगो भएको छ । यो बैंकले ग्राहकको विश्वास जित्ने होइन । उल्टै ग्राहक कगांल बनाउँने नितिमा बैंक अघि बढेको देखिन्छ । बैकिङ क्षेत्रको आफुलाई बादशाह भन्न रुचाउँने प्रभु बैंकका सिईओ अशोक शेरचन वित्तीय सुशासनसँगै आन्तरिक व्यवस्थापनको मामलामा समेत फेलिएर भएका पात्र हुन । शेरचनबिरुद्द अर्बौ ऋण अपचलन गरेको आरोपमा नेपाल राष्ट्र बैंक देखि सीआईबीले अनुसन्धान चलाएको छ ।


सीइओ शेरचनले स्वार्थ बाझिने गरि कहिले आफ्नैं ससुराका नाममा ऋण दिएका छन, त कहिले नेटवर्थ नेगेटिभ भएको कम्पनीको नाममा कर्जा बाडेर कमिसन कुम्ल्याए । कहिले संचालनमै नभएको कम्पनीको नाममा ऋण दिए । त कहिले ऋण रकम प्रोभिजन गरिएका कम्पनीमाथि थप ऋण प्रवाह गरि चोख्याउने प्रयास गरे । सीईओ शेरचनले प्रचलित नियम, कानूनलाई समेत धोती लगाईदिएर कतिसम्म मनोमानी गरेका रहेछन भन्ने यि प्रतिनिधि घटना मात्र हुन् ।काठमाडौं ।

शेरचन तेस्रो कार्यकालका लागि सीईओ भएपछि त झन आफ्नैं हात जगन्नाथ गर्दै मनलाग्दी ऋण प्रवाह गरेको तथ्य बाहिरिएका छन् । शेरचनले पहिलो दोस्रो र तेस्रो कार्यकालसम्म आईपुग्दा अरवौं ऋण अपचलन गरेको विषयमा अनुसन्धान चलिरहेको भएता पनि आफ्ना र आफन्तका पोस्न भने छाडेका छैनन् । बैंकिङ क्षेत्रमा सानो एउटा कर्मचारी बनेर छिरेको पात्र आज कसरी बैंकको सिईओ भए भन्ने विषय गौण छन् ।


सीइओ शेरचनले प्रचलित नियम, कानून र प्रवधानको धज्जी उडाएर नियम विपरित हचुवाको भरमा धितो बन्धक पास गरेका छैनन । जग्गा खरिद गर्नेको लागि ऋण लिएको तर उक्त रकम सो प्रयोजनमा खर्च नगरी व्यक्तिगत प्रयोजनको लागि खर्च गरेको विषय पति सतहमा आउँदा समेत आखाँ बन्द गरेर बस्ने पात्र यिनै हुन् । यसरी ऋणी र बैंककै मिलेमतोमा ग्राहकको अर्बौ रुपैयाँ अपचलन भएको छ । तर राष्ट्र बैंकको निर्देशनलाई लत्याएर यस कम्पनी र खराव भइ सकेको कर्जामाथि किन कर्जा थप गरिंदै छ भन्ने विषय बाहिर आएको छैन् ।


एउटै व्यक्ति लामो समय बैंकको कार्यकारी पदमा रहँदा वित्तीय स्वार्थ बाझिन सक्छ भनेर नै यसको सीमा तोकिएको हो । तर आफ्नो अघिल्ला २ कार्यकालमा भएका अनियमितता ढाकछोप गर्नकै लागि उनी कानुन बिपरित तेस्रो कार्यकालका लागि सीईओमा नियुक्त भएपछि उनको नियतमाथिनै प्रश्न खडा भएको छ ।
सीइओ शेरचन बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बफियाको व्यवस्थालाई लत्याउँदै तेस्रो कार्यकालका लागि पुन आँफै सीइओ बने । तर उनी बिरुद्द परेको मुद्दाको व्यख्या गर्दै उच्च आदालतले शेरचनले काम गर्न पाउने अन्तिम समयसिमानै तोकिदियो । जसअनुसार उनी २०८२ बैशाख ९ गतेसम्मका लागि मात्र सीइओका रुपमा काम गर्ने पाउनेछन् ।

Related posts

हार्दिक शुभकामना, संविधान दिवसकाे

नेपाल ल्यूब आयलको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज

आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने