नेपालमा प्रत्यक्ष वैदेशिक लगानीको अवस्था निकै कमजोर- महासंघका अध्यक्ष ढकाल

काठमाडौँ l नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा प्रत्यक्ष वैदेशिक लगानीको अवस्था निकै कमजोर रहेको वताएका छन् । 

संयुक्त राष्ट्रसंघले अर्थ मन्त्रालय र नेपाल उद्योग वाणिज्य महासंघसँगको सहकार्यमा आज यहाँ आयोजना गरेको ‘विकासका लागि वित्तसम्बन्धी संवाद’कार्यक्रममा बोल्दै ढकालले यस्तो वताएका हुन

‘प्रत्यक्ष वैदेशिक लगानी हाम्रो कूल गार्हस्थ्य उत्पादनको शून्य दशमलव दुई प्रतिशत मात्रै छ । हाम्रो जस्तो देशका लागि यो एकदमै न्यून सङ्ख्या हो । वैदेशिक अनुदान पनि लक्ष्यअनुसार आएको छैन,’ उनले भने, ‘यो अवस्थाले ऋणमा निर्भरता बढाएको छ । सार्वजनिक ऋण पछिल्लो नौ वर्षमा दोब्बर भएको छ । ऋणमा बढ्दो निर्भरता दीर्घकालीन रूपमा दिगो हुँदैन र यसले हाम्रो आर्थिक स्थायित्वमा ठूलो जोखिम खडा गर्छ ।” हाम्रो देश अतिकम विकसित मुलुकबाट स्तरोन्नति हुने क्रममा ऋणमा बढ्दो निर्भरताले अरु चुनौती थप्ने उनले बताए । 

Related posts

नेप्सेमा सुचिकृत विभिन्न ६ कम्पनीको लाभांश घोषणा, कुन कम्पनीको कति ?

काठमाडौं महानगरमा थपिए ७ हजार ८ सय करदाता

सहकारी प्रकरणमा उपसभापति गुरुङमाथि छानबिन हुन्छ : महामन्त्री थापा