२५ करोड सहुलियत दिँदापनि डीडीसीले दूधको भुक्तानी तिर्न सकेन

काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारले २५ करोड रुपैयाँ सहुलियत रकम दिँदापनि दुग्ध विकास संस्थान डीडीसीले किसानको दूधको रकम भुक्तानी गर्न नसकेको बताएका छन् ।

मंगलबार पत्रकारसँग भेटघाटका क्रममा मन्त्री अधिकारीले डीडीसीलाई मन्त्रालयले २५ करोड रुपैयाँ दिँदा पनि अझै पनि साढे एक करोड रुपैयाँ भुक्तानी गर्न नसकेको बताएका हुन् । डीडीसीले किसानबाट ६५ रुपैयाँ प्रतिलिटर दूध खरिद गरेर १३० रुपैयाँ बढी रकम बेच्ने, सोही दूधबाट मक्खन पनि निकाल्ने तर दूध उधारोमा खरिद गरेको उनले उल्लेख गरे । साथै डीडीसीसँग २५ करोड रुपैयाँ बराबर दुग्धजन्य पदार्थ ९मक्खन, पाउडर० मौज्दात रहेको बताए ।

यस्तै, कृषि बिमा भुक्तानी रकमका लागि अर्थ मन्त्रालयसँग सहमति हुन नसकेको उनले बताएका छन् । अधिकारीले दसैँभित्र रकम भुक्तानी नदिए आन्दोलन गर्ने उखु किसानले चेतावनी दिइसकेको बताए । मन्त्रालयबाट केही वर्षमा अनुदानका नाममा अर्बौँ रकम बाहिरिएको भन्दै उनले सो रकम सही ठाउँमा लगानी भए–नभएको खोजी गर्न निर्देशन दिइएको बताए ।

Related posts

हार्दिक शुभकामना, संविधान दिवसकाे

नेपाल ल्यूब आयलको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज

आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने