IPO

रेन्बो डिस्टिलरीले आईपीओ ल्याउने 

काठमाडौं । लुम्बिनी प्रदेशका भैरहवामा १५ वर्षदेखि सञ्चालनमा रहेको मदिरा उत्पादन कम्पनी रेन्बो डिस्टिलरीले सर्वसाधारणको लागि साधारण शेयर आईपीओ निष्कासन गर्ने भएको छ ।

कम्पनीले आधुनिक प्लान्टसहित व्यवसाय वृद्धिका लागि पूँजीवृद्धि गर्दै आईपीओ जारी गर्ने भएको जनाएको छ । कम्पनीले आईपीओ निष्कासनका लागि एलिट क्यापिटल लिमिटेडसँग कर्पोरेट एडभाइजरी सेवा अन्तरगत रोड टु आईपीअ योजनासम्बन्धी सम्झौता गरेको छ । शुक्रबार यससम्बन्धी सम्झौतामा क्यापिटलका अध्यक्ष दिनेश आचार्य र कम्पनीका अध्यक्ष मिनराज भुसालले हस्ताक्षर गरेका छन् ।

एलिट क्यापिटलले ‘रोड टु आईपिओ’ योजनाअन्तर्गत स्टार्टअपदेखि पुराना कम्पनीहरूलाई समेत पब्लिक कम्पनीमा रूपान्तरण, पूँजीवृद्धि र व्यवसायीक प्रवर्द्धनमा परामर्श सेवा दिँदै आइरहेको छ ।

रेन्बो डिस्टिलरीले १० करोड चुक्तापुँजीलाई शतप्रतिशत वृद्धि गरी पब्लिक कम्पनीमा रूपान्तरण हुने जनाएको छ । एलिटले रेन्बोलाई चुक्ता पूँजीवृद्धि, व्यवसाय विस्तार, वित्तिय व्यवस्थापन र बजारीकरणका लागि समेत संस्थागत परामर्श सेवा उपलब्ध गराउने भएको छ । यसबाहेक आईपीओ निष्कासन प्रयोजनका लागि बिक्री प्रबन्धक र अण्डरराईटरको व्यवस्थापन पनि एलिट क्यापिटलले नै गर्ने सम्झौतामा उल्लेख छ ।

Related posts

खोरङ्गा हाईड्रोपावरले आईपीओ निष्कासन गर्ने, बोलायो साधारण सभा

आईपीओ निष्कासन गर्ने तयारीमा गाउँघर उज्यालो साना हाईड्रोपावर

आईपिओ निष्काशन गर्दै माउण्ट कैलाश इनर्जी