सानिमा बैंककाे एक लाख १५ हजार संस्थापक सेयर बिक्रीमा

काठमाडौं । सानिमा बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक सेयरधनीकाे नाममा रहेको एक लाख १५ हजार ३८० कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

उक्त सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १४५ रुपैयाँ तोकिएको छ ।

उक्त सेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक सेयरधनीले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवेदन दिनुपर्ने छ ।

सो अवधिसम्ममा आवेदन नपरेमा सर्वसाधारण लगानीकर्ताका लागि बिक्रीमा राखिने बैंकले जनाएको छ ।

Related posts

५० अर्ब तरलता खिच्दै राष्ट्र बैंक

आर्थिक क्षेत्रमा पुनर्जागरण ल्याउने रणनीतिमा लुम्बिनी चेम्बर

हिमालयन रिको सर्वाधिक लगानि रहेको प्रोटेक्टिभ माइक्रोले कस्तो पायो रेटिङ