घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

??????????????????????????????????????????????????????????

काठमाडौं । साताको दोस्रो कारोबार दिन सुनको भाउ घटेको छ । उक्त दिन सुन प्रतितोला ३०० रुपैंयाले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ५२ हजार ३०३ रुपैयाँ कायम भएको छ भने तेजावी सुनको मूल्य प्रतितोला १ लाख ५१ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । ।

अघिल्लो कारोबार दिन आइतबार छापावाल सुन प्रतितोला १ लाख ५२ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो भने तेजावी सुनको मूल्य तोलाको १ लाख ५२ हजार रुपैयाँमा कारोबार भएको थियो। यो मूल्य हालसम्मकै उच्च हो ।

त्यसैगरी आज चाँदीको भाउ स्थिर रहँदै प्रतितोला १ हजार ८१० रुपैयाँमा कारोबार भइरहेको छ

Related posts

सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?

५० अर्ब तरलता खिच्दै राष्ट्र बैंक

सुनको मुल्य अहिलेसम्मकै उच्च, साताको पहिलो दिन कतिमा हुँदैछ कारोबार ?