३४.४७ अंकले घट्यो सेयर बजार, पौने २९ अर्ब बढीको कारोबार

काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजार परिसूचक नेप्से ३४.४७ अंक घटेको छ । अघिल्लो दिन ३ हजार अंकमा रहेको बजार आइतबार भने २९६६ मा रहेर बन्द भएकाे छ ।

आज दिनभर कुल २८ अर्ब ८३ करोडको कारोबार भएकाे छ । आज नेप्से उपसमूहका १३ वटामध्ये ४ वटा समूह बढेको छ भने ९ समूह घटेको छ । आज ४७ कम्पनीको मूल्य बढ्दा १९७ को घटेकाे छ ।

बजारमा आज ५ वटा कम्पनीको सेयर मूल्यमा माथिल्लो सर्किट लागेको छ । नेपाल फाइनान्सका सेयरधनीले सर्वाधिक गुमाएका छन् । यो कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

आज हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । यो कम्पनीको ८२ करोड १४ लाख रुपैयाँ बढीको सेयर कारोबार भएको छ ।

Related posts

नेप्सेमा सूचीकृत १३ कम्पनीहरुले गरे लाभांश घोषणा,कुनकाे कति?

एनएलजी इन्स्योरेन्सको सेयर बिक्रीमा

सीईडीबी हाइड्रोपावर कम्पनीको लाभांश प्रस्ताव