वैदेशिक अध्ययनमा जाने विद्यार्थीले सटही गरेर मात्रै लगे १ खर्ब २५ अर्ब

काठमाडौं । शिक्षाका लागि विदेशिएका नेपाली विद्यार्थीहरुले स्वदेशबाट १ खर्ब २५ अर्ब रुपैयाँ सटही गरेर लगेका छन् ।

विदेश पढ्न जाँदा उनीहरुले सवा एक खर्ब रुपैयाँ बराबरको विदेशी मुद्रा लगेका हुन् ।

नेपालीहरु अध्ययनका नाममा विदेशिने क्रम बढिरहेको छ । नेपालीहरु अध्ययनका लागि अमेरिका, अष्ट्रेलिया, बेलायत, जापानलगायतमा मुलुक पुगेका छन् ।

शिक्षातर्फको भ्रमण व्यय बढ्दा सेवा खाताअन्तर्गत भ्रमण व्यय ३१.१ प्रतिशतले बढेर १ खर्ब ८९ अर्ब ४३ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष भ्रमण व्यय १ खर्ब ४४ अर्ब ५२ करोड थियो ।

आर्थिक वर्ष २०८०/८१ मा खुद सेवा आय ५५ अर्ब ८६ करोडले घाटामा थियो । अघिल्लो वर्ष खुद सेवा आय ७९ अर्ब ८९ करोडले घाटामा थियो ।

Related posts

आज कुन देशको मुद्राको भाउ कति छ ?

५० अर्ब तरलता खिच्दै राष्ट्र बैंक

आर्थिक क्षेत्रमा पुनर्जागरण ल्याउने रणनीतिमा लुम्बिनी चेम्बर