नेप्सेमा १ खर्ब ३० अर्ब रुपैयाँ बराबरको धितोपत्र सूचीकृत, कम्पनी संख्या २७० पुग्यो

काठमाडौं । आर्थिक वर्ष २०८०।८१ मा नेपाल स्टक एक्सचेन्ज नेप्से मा कुल १ खर्ब ३० अर्ब ४७ करोड रुपैयाँ बराबरको थप धितोपत्र सूचीकृत भएका छन्।केन्द्रिय बैंकले प्रकाशित विवरण अनुसार ९नेप्से०मा ८६ अर्ब ८१ करोडको साधारण सेयर, २१ अर्ब ९८ करोडको हकप्रद सेयर, २१ अर्ब ६५ करोडको बोनस सेयर, र ३ करोडको एफपीओ समावेश हुन् ।

यस अवधिमा नेप्सेमा सूचीकृत कम्पनीहरूको संख्या २५४ बाट २७० पुगेको छ। सूचीकृत कम्पनीहरूमध्ये १३२ बैंक, वित्तीय संस्था र बीमा कम्पनी, ९१ जलविद्युत् कम्पनी, २२ उत्पादन तथा प्रशोधन उद्योग, ७ होटल, ७ लगानी कम्पनी, ४ व्यापारिक संस्था, र ७ अन्य समूहका कम्पनीहरू छन्।

धितोपत्र बजार पूँजीकरण २०८१ असार मसान्तसम्ममा ३५५३ अर्ब ६८ करोड पुगेको छ, जसमा बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरूको हिस्सा ५८.६ प्रतिशत रहेको छ।

Related posts

आज कुन देशको मुद्राको भाउ कति छ ?

५० अर्ब तरलता खिच्दै राष्ट्र बैंक

आर्थिक क्षेत्रमा पुनर्जागरण ल्याउने रणनीतिमा लुम्बिनी चेम्बर