एक वर्षमा १४ खर्ब ४० अर्बको व्यापार घाटा

काठमाडौं । आर्थिक वर्ष २०८०/८१ मा नेपाललाई वैदेशिक व्यापारमा १४ खर्ब ४० अर्ब रुपैयाँ व्यापार घाटा भएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको गत आर्थिक वर्षको देशको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार समीक्षा वर्षमा कुल वस्तु आयात १. २ प्रतिशतले कमी आई रु. १५ खर्ब ९२ अर्ब ९९ करोड पुगेको छ।

अघिल्लो वर्ष यस्तो आयात १६. १ प्रतिशतले घटेको थियो । आर्थिक वर्ष २०८०/८१ मा कुल वस्तु निर्यात ३.० प्रतिशतले कमी आई रु. १ खर्ब ५२ अर्ब ३८ करोड पुगेको छ। अघिल्लो वर्षयस्तो निर्यात २१.४ प्रतिशतले घटेको थियो।

समीक्षा वर्षमा कुल वस्तु व्यापार घाटा १.० प्रतिशतले कमी आई रु. १४ खर्ब ४० अर्ब ६० करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो घाटा १५.५ प्रतिशतले घटेको थियो। समीक्षा वर्षमा निर्यात–आयात अनुपात ९.६ प्रतिशत पुगेको छ। अघिल्लो वर्ष यस्तो अनुपात ९.७ प्रतिशत रहेको थियो।

Related posts

आज कुन देशको मुद्राको भाउ कति छ ?

५० अर्ब तरलता खिच्दै राष्ट्र बैंक

आर्थिक क्षेत्रमा पुनर्जागरण ल्याउने रणनीतिमा लुम्बिनी चेम्बर