अघिल्लो वर्षको तुलनामा गत वर्ष मकर जितुमाया सुरी हाइड्रोपावरको नोक्सानी घट्यो

3d red arrow down in business graph on white

काठमाडौं । मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडले गत आवको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नोक्सानी अघिल्लो वर्षको चौथो त्रैमासको तु्लनामा  गत वर्षको सोही अवधिमा घटेको छ ।

अघिल्लो वर्ष कम्पनीले रू. १ करोड १४ लाख नोक्सानीमा रहेकोमा गत वर्ष घटेर रू. ३६ लाख ६० हजारमा झरेको हो । गत वर्ष कम्पनीको विद्युत विक्री आम्दानीमा वृद्धि भएकाले नोक्सानी घटेको हो । विद्युत विक्री आम्दानी अघिल्लो वर्षको तुलनामा गत वर्ष ५७ दशमलव ७२ प्रतिशत वृद्धि भएको छ । अघिल्लो वर्ष कम्पनीले विद्युत विक्री बापत रू. १६ करोड ४३ लाख आम्दानी गरेकोमा गत वर्ष बढेर रू. २५ करोड ९१ लाख पुगेको छ । 
कम्पनीको चुक्ता पूँजी रू. ७६ करोड रहेको छ । रिटेन्ड अर्निङ भने रू. ५ करोड ३८ लाख ऋणात्मक रहेको छ । प्रतिशेयर आम्दानी ४८ पैसा ऋणात्मक रहेको छ । त्यस्तै कम्पनीको प्रतिशेयर नेटवर्थ ९२ रुपैयाँ ९१ पैसा छ । 

 

प्रतिक्रियाहरू

Related posts

आज कुन देशको मुद्राको भाउ कति छ ?

५० अर्ब तरलता खिच्दै राष्ट्र बैंक

आर्थिक क्षेत्रमा पुनर्जागरण ल्याउने रणनीतिमा लुम्बिनी चेम्बर