चालु आर्थिक वर्षको पहिलो महिनामा बजेट खर्चभन्दा राजस्व दोब्बर सङ्कलन

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो महिना सरकारी बजेट खर्चभन्दा राजस्व सङ्कलन दोब्बर भएको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार गत साउन महिनामा ४० अर्ब २० करोड ७६ लाख रुपैयाँ बजेट खर्च हुँदा ९६ अर्ब ९५ करोड ७१ लाख राजस्व संकलन भएको हो

चालु आवको पहिलो महिनाको सरकारी खर्च वार्षिक लक्ष्यको २.१६ प्रतिशत र आम्दानी ६.५९ प्रतिशत रहेको छ ।

सरकारले चालु आर्थिक वर्षका लागि १४ खर्ब ७१ अर्ब ६२ करोड ९५ लाख बराबर राजस्व उठाउने लक्ष्य  लिएको छ । कर राजस्व १२ खर्ब ८४ अर्ब २० करोड, गैरकर राजस्व एक खर्ब ३५ अर्ब र वैदेशिक अनुदान ५२ अर्ब ३२ करोड ६५ लाख रुपैयाँ उठाउने लक्ष्य छ ।

चालु आर्थिक वर्षका लागि सरकारले चालुतर्फ ११ खर्ब ४० अर्ब ६६ करोड ४५ लाख, पुँजीगततर्फ तीन खर्ब ५२ अर्ब ३५ करोड ४० लाख र वित्तीय व्यवस्थातर्फ तीन खर्ब ६७ अर्ब २८ करोड ४५ लाख रुपैयाँ  बजेट विनियोजन गरेको छ ।

Related posts

हार्दिक शुभकामना, संविधान दिवसकाे

नेपाल ल्यूब आयलको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज

आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने