आजबाट आइएमई लाइफ आठौं वर्षमा, सात वर्षमै मुनाफाको आधारमा तेस्रो कम्पनी बनेर नयाँ रेकर्ड

काठमाडौं । २०७४ साल आजकै दिन अर्थात भदौं १ गतेबाट औपचारिक कारोबार सुरु गरेको आईएमई लाइफ इन्स्योरेन्स आजबाट सात वर्ष पुरा गरी आठौं वर्षमा प्रवेश गरेको छ । सातौं बार्षिकोत्सवको अवसरमा कम्पनीले बीमितलाई अझै बढि लाभ र लगानीकर्तालाई थप प्रतिफल दिने प्रतिबद्धता जनाएको छ ।

कम्पनीले आठौं वर्ष प्रवेशको अवसर पारेर रक्तदान तथा अन्य विभिन्न कार्यक्रम गरी आज भव्य रुपमा बार्षिकोत्सव मनाउँदैछ । देशैभरिका शाखा कार्यालयहरुले कुनै न कुनै सामाजिक कार्यमार्फत बार्षिक उत्सव मनाउने कम्पनीले जनाएको छ ।

आइएमई ग्रुप मुख्य प्रबद्र्धक रहेको आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ कम्पनीहरुको रुपमा २०७४ साल भदौं १ गतेदेखि सुरु गरेको थियो । पछिल्लो पुस्ताको जीवन बीमा कम्पनीको रुपमा सञ्चालनमा आएको कम्पनीले जीवन बीमाको क्षेत्रमा देशका कुना काप्चामा पुगेर आम सर्वसाधारणलाई सहज र सरल रुपमा जीवन बीमा सेवा प्रवाह गर्दै आइरहेको छ ।

Related posts

नेप्सेमा सुचिकृत विभिन्न ६ कम्पनीको लाभांश घोषणा, कुन कम्पनीको कति ?

काठमाडौं महानगरमा थपिए ७ हजार ८ सय करदाता

सहकारी प्रकरणमा उपसभापति गुरुङमाथि छानबिन हुन्छ : महामन्त्री थापा