सोनापुर मिनरल्स ४६ करोड घाटामा, ईपिएस १५.२६ रुपैयाँ ऋणात्मक

काठमाडौं । सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडले गत आर्थिक वर्षको अन्तिम त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । प्रकाशित वित्तिय विवरण अनुसार सिमेन्टको नाफा ऋणात्मक देखिएको छ ।

अघिल्लो आर्थिक वर्ष २ करोड ६२ लाख रुपैयाँ खुद नाफा कमाएको यस कम्पनीले गत आर्थिक वर्ष ४६ करोड ९२ लाख रुपैयाँ नोक्सानी व्यहोर्नु परेको छ। समीक्षा अवधिमा कम्पनीको कुल नाफा ७९.९७ प्रतिशत घटेका छ भने अन्य आम्दानी ९९.१२ प्रतिशत घटेको छ।

त्यस्तै समिक्षा अवधिमा कम्पनीले १ अर्ब ६३ करोड ९९ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ५.२२ प्रतिशत कम हो। अघिल्लो आर्थिक वर्ष कम्पनीको सञ्चालन आम्दानी १ अर्ब ७३ करोड रुपैयाँ थियो।

Related posts

आज कुन देशको मुद्राको भाउ कति छ ?

५० अर्ब तरलता खिच्दै राष्ट्र बैंक

आर्थिक क्षेत्रमा पुनर्जागरण ल्याउने रणनीतिमा लुम्बिनी चेम्बर