सिईडिबि हाइड्रोपावर डेभलपमेन्टको नाफामा ३० प्रतिशतको गिरावट, ईपिएस ८ रुपैयाँँ

काठमाडौं । सिईडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले गत आर्थिक बर्षको चौथो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार कम्पनीको नाफा घटेको छ ।

असार मसान्तसम्ममा कम्पनीले ८ करोड २० लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३०.३९ प्रतिशत कम हो। अघिल्लो आर्थिक वर्ष कम्पनीले ११ करोड ७८ लाख रुपैयाँ खुद नाफा कमाएको हो।

समीक्षा अवधिमा कम्पनीको सेवा शुल्क, ब्याज र कमिशन आम्दानी १९.०४ प्रतिशत घटेको छ। तर, कम्पनीको प्रशासनिक खर्च १२४.२४ प्रतिशत र कुल खर्च ११९.२० प्रतिशतले बढेको छ।

Related posts

अब ओमानी मुद्रा नेपालमै खरिद बिक्री गर्न सकिने

सूर्यज्योति लाइफको संस्थापक शेयर बिक्रीमा

अर्थतन्त्र लयमा ल्याउन कोसिस गर्दैछौं: अर्थमन्त्री पौडेल