नेपाल इन्सुरेन्सको खुद नाफा ८७.७९ प्रतिशतले बढोत्तरी हुँदा इपीएस पनि आकर्षक

काठमाडौं l नेपाल इन्सुरेन्सको खुद नाफामा आकर्षक वृद्धि भएको छ । कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ७० करोड ६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । उक्त नाफा अघिल्लो वर्षको भन्दा ८७.७९ प्रतिशतले धेरै हो । अघिल्लो वर्ष यसले ३७ करोड ३० लाख रुपैयाँ नाफा कमाएको थियो । 

असारसम्ममा कम्पनीको खुद बिमा शुल्क आर्जन र लगानी तथा कर्जाबाट उल्लेख्य मात्रामा आम्दानी बढेकाले खुद नाफामा भारी वृद्धि भएको हो । खुद बिमा शुल्क ५.७६ प्रतिशतले बढेर ७६ करोड ९८ लाख रुपैयाँ भएको छ । यस्तै, कम्पनीको कर्जा तथा लगानीबाट हुने आम्दानी पनि १४३.९१ प्रतिशतले बढेर ७७ करोड २७ लाख रुपैयाँ पुगेको छ । 

Related posts

हार्दिक शुभकामना, संविधान दिवसकाे

नेपाल ल्यूब आयलको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज

आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने