घोराही सिमेन्ट इन्डष्ट्री घाटामा,प्रति सेयर आम्दानी पनि ऋणात्मक

काठमाडौं । घोराही सिमेन्ट इन्डष्ट्री लिमिटेडले गत आर्थिक वर्षको असार मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

घोराही सिमेन्ट इन्डष्ट्री लिमिटेड अघिल्लो आर्थिक वर्षको असारसम्ममा १ अर्ब २१ करोड घाटामा रहेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनी ६ करोड ३१ लाख रुपैयाँ नाफामा रहेको थियो। कम्पनीको बिक्री आम्दानी घटेको छ भने  खर्च बढेको कारण कम्पनी नोक्सानीमा रहेको छ।

कम्पनीको वित्तीय खर्च मात्रै ७९.२५ प्रतिशत बढेको छ। जसका कारण  सञ्चालन आम्दानी ३.३० प्रतिशतले र कुल नाफा ६९.०६ प्रतिशत घटेको छ। 

Related posts

आज कुन देशको मुद्राको भाउ कति छ ?

५० अर्ब तरलता खिच्दै राष्ट्र बैंक

आर्थिक क्षेत्रमा पुनर्जागरण ल्याउने रणनीतिमा लुम्बिनी चेम्बर