दुई पुनर्बीमा कम्पनीको लगानी साढे ३८ अर्ब, कसको कहाँ र कति?

काठमाडौँ। नेपालमा सञ्चालनमा रहेका दुई पुनर्बीमा कम्पनीहरूले कुल ३८ अर्ब ५६ करोड रुपैयाँको लगानी गरेको पाईएको छ। बिमा क्षेत्रको नियामक निकाय बिमा प्राधिकरणले सार्वजनीक गरेको लगानी विवरणमा यस्तो देखिएको हो।

देशको पहिलो र सरकारी स्वामित्वको नेपाल पुनर्बीमा कम्पनीले मात्रै २० अर्ब ७८ करोड रुपैयाँ लगानी गरेको देखिन्छ। त्यस्तै निजि क्षेत्रको पहिलो पुनर्बीमा कम्पनी हिमालयन रिइन्स्योरेन्स कम्पनीले १७ अर्ब ७७ करोड रुपैयाँको लगानी गरेको छ।

दुवै कम्पनीहरूले ८१.८२ प्रतिशत लगानी मुद्दती निक्षेपमा गरेका छन्। यसमा नेपाल पुनर्बीमा कम्पनीले कुल लगानीको ८५.६८ प्रतिशत अर्थात् १७ अर्ब ८१ करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गरेको छ। हिमालयन रिइन्स्योरेन्स कम्पनीले भने आफ्नो कुल लगानीको ७७.३१ प्रतिशत अर्थात् १३ अर्ब ७४ करोड रुपैयाँ मुद्दती निक्षेपमा राखेको छ।

Related posts

हार्दिक शुभकामना, संविधान दिवसकाे

नेपाल ल्यूब आयलको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज

आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने