सिटिजन्स बैंकको २ लाख २० हजार कित्ता संस्थापक सेयर बिक्रीमा, भाउ कति ?

काठमाडौं l सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थापक सेयरधनीको नाममा रहेको २ लाख २० हजार कित्ता संस्थापक सेयर बिक्री खुला गरेको छ । बैंकले प्रतिकित्ता सेयरको न्यूनतम भाउ १०० रुपैयाँ तोकेको छ । यसमा बैंकका विद्यमान अन्य संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । 

सेयर खरिद गर्न इच्छुक संस्थापकले आज शुक्रबार (साउन २५ गते) बाट ३५ दिन भित्र बैंकको केन्द्रीय कार्यालय नारायणहिटी पथमा निवेदन पेश गर्नु पर्नेछ । उक्त समयमा संस्थापक सेयरधनीको आवेदन परेन भने अन्य व्यक्ति वा संस्थालाई सेयर बिक्री गरिने बैंकले जनाएको छ ।

Related posts

सहकारी छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

संविधान दिवसको अवसरमा नेपाल टेलिकमले ल्यायो नयाँ अफर

लाभांशसहित यि एजेण्डा पारित गर्न सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले बोलायो साधारणसभा