विवादित डेडिकेटेड र ट्रंकलाइनको बिल प्राधिकरणको नाफामा जोडिएको छैन्

काठमाडौं । विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विवादित डेडिकेटेड र ट्रंकलाइनको बिल प्राधिकरणको नाफामा नजोडिएको बताएका छन् ।

दोस्रो कार्यकालका लागि प्राधिकरणको कार्यकारी निर्देशकको रूपमा नियुक्त भएको तीन वर्ष पुरा भएको अवसरमा शुक्रबार पत्रकार सम्मेलन गर्दै घिसिङले विवादित डेडिकेटेड र ट्रंक लाइनको बिल नाफामा नजोडिएको बताएका हुन् ।

‘८ वर्षअघि करिब ३४ अर्ब ६१ करोड सञ्चित घाटामा रहेको विद्युत् प्राधिकरण अहिले ४७ अर्ब ४१ करोड सञ्चित नाफामा गएको छ । समग्रमा यतिबेला विद्युत् प्राधिकरण ८२ अर्ब रुपैयाँ नाफा देखिन्छ’ घिसिङले भने, ‘तर यो विद्युत् महसुल वृद्धि गरेर र कुनै डेडिकेटेड र ट्रंक लाइनको बिल जोडेर भएको होइन ।’

Related posts

हार्दिक शुभकामना, संविधान दिवसकाे

नेपाल ल्यूब आयलको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज

आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने