खराब कर्जा बढेपछि एनआइसी एसिया लघुवित्तको खुद नाफा घट्यो

काठमाडौं । एनआइसी एसिया लघुवित्तले गत आर्थिक वर्षको चौथो त्रैमासमा १२ करोड ७१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो वर्षको भन्दा ३२।८२ प्रतिशतले थोरै हो । अघिल्लो वर्ष यसले १८ करोड ९२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

असारसम्म आइपुग्दा कम्पनीको खराब कर्जा ६.२७ प्रतिशतबाट बढेर ९.९२ प्रतिशत पुगेको छ । एनआइसी एसिया लघुवित्तको खराब कर्जा चुलिँदा खुद नाफा घटेको छ । यसअवधिमा खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुवै घटेको छ ।

असार मसान्तसम्म आइपुग्दा नाफासँगै प्रतिसेयर आम्दानी पनि घटेको छ । प्रतिसेयर आम्दानी १० रुपैयाँ ८८ पैसाबाट घटेर ७ रुपैयाँ ३१ पैसा ९वार्षिक० मा आएको छ । यसको प्रतिसेयर नेटवर्थ १६८ रुपैयाँ १९ पैसा छ ।

जततउकस्ररधधध।लभउबष्उिबष्कब।अयmरलभधक(मभतबष्रिठद्दघछट

Related posts

सहकारी छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

संविधान दिवसको अवसरमा नेपाल टेलिकमले ल्यायो नयाँ अफर

लाभांशसहित यि एजेण्डा पारित गर्न सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले बोलायो साधारणसभा