एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना, हेलिकप्टरमा सवार पाँचै जनाको मूत्यु

काठमाडौं । एयर डाइनेस्टीको ९ एन–एजेडी हेलिकाेप्टर नुवाकाेटकाे शिवपुरी गाउँपालिकामा दुर्घटना भएको छ।  बुधबार दिउँसो बुधबार नुवाकोटको सूर्यचौर क्षेत्रमा एयर डाइनेस्टी कम्पनीको हेलिकप्टर दुर्घटनामा  ५ जनाको मृत्यु भएको पुष्टी भएको छ ।

दुर्घटनामा एक नेपालीसहित ४ विदेशीको मृत्यु भएको हो । हेलिकप्टर क्याप्टेन अरुण मल्लले उडाएका थिए । शिवपुरी गाउँपालिका-७ सूर्यचौरका वडाध्यक्ष अध्यक्ष वीर बहादुर तामाङले हेलिकप्टर सूर्यचौरमा रहेको जंगलको एक रुखमा ठोक्किएको पाइएको बताए । जसले गर्दा रुख पूरै जलेको उनको भनाइ छ ।

Related posts

हार्दिक शुभकामना, संविधान दिवसकाे

नेपाल ल्यूब आयलको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज

आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने