जीवन बीमा व्यवसाय १० प्रतिशतले बढ्यो, अग्र स्थानमा नेपाल लाइफ

काठमाडौं । गत आर्थिक वर्ष २०८०र८१ मा जीवन बीमा व्यवसाय १० प्रतिशतले बढेको छ । नेपाल बीमा प्राधिकरणले मंगलबार सार्वजनिक गरेको एक तथ्यांकले देखाएको छ ।

हाल नेपालमा १४ ठुला र तीन वटा लघु जीवन बीमा कम्पनी सञ्चालनमा छन् । गत आवमा उनीहरूले १ खर्ब ५६ अर्ब ५० करोड १२ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । त्यो अघिल्लो आव २०७९र८० को तुलनामा ९।९३ प्रतिशतले बढी हो । अघिल्लो आवमा उनीहरूले कुल १ खर्ब ४२ अर्ब ३५ करोड ५६ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका थिए । तथ्यांकअनुसार अहिले १ करोड ३८ लाख ८१ हजार ४९२ वटा जीवन बीमालेख सक्रिय छन् ।

गत आवमा ठुला बीमा कम्पनीले मात्रै १ खर्ब ५६ अर्ब ३३ करोड १४ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । अघिल्लो आवको तुलनामा यो ९।८१ प्रतिशतले बढी हो । अघिल्लो आवमा ठुला जीवन बीमा कम्पनीको बीमाशुल्क संकलन १ खर्ब ४२ अर्ब ३५ करोड ५४ लाख रुपैयाँ थियो ।

समिक्षा अवधिमा नेपाल लाइफ इन्स्योरेन्सले ४० अर्ब ८५ करोड ५ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । यो अन्य १३ वटा कम्पनीले संकलन गरेको बीमाशुल्कको तुलनामा सबै भन्दा धेरै हो ।

धेरै बीमाशुल्क संकलन गर्नेमा दोस्रो स्थानमा नेशनल लाइफ इन्स्योरेन्स देखिएको छ । उक्त कम्पनीले १९ अर्ब २० करोड ३५ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको प्राधिकरणको तथ्यांकमा उल्लेख छ । यसैगरि तेस्रो स्थानमा भने एलआईसी नेपाल देखिएको छ । उक्त कम्पनीले १८ अर्ब १० करोड ७५ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । यस्तै, हिमालयन लाइफ इन्स्योरेन्सले १६ अर्ब ६० करोड ८० लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।

यी बाहेक अन्य १० ठुला बीमा कम्पनीको बीमाशुल्क संकलन १० अर्ब रुपैयाँ भन्दा कम छ । सुर्यज्योति लाइफ इन्स्योरेन्सले ९ करोड ५० लाख ७ हजार रुपैयाँ, राष्ट्रिय जीवन बीमा कम्पनीले ८ अर्ब ७१ लाख ४८ हजार रुपैयाँ, एशियन लाइफ इन्स्योरेन्सले ८ अर्ब ५ करोड ४८ लाख रुपैयाँ र सिटीजन्स लाइफ इन्स्योरेन्सले ६ अर्ब २१ करोड ५३ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।

त्यस्तै, यस अवधिमा सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले ६ अर्ब १८ करोड ९० लाख रुपैयाँ, मेट लाइफ इन्स्योरेन्सले ५ अर्ब ६७ करोड ८९ लाख रुपैयाँ, आईएमई लाइफ इन्स्योरेन्सले ४ अर्ब ७४ करोड १२ लाख रुपैयाँ, प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले ४ अर्ब ३७ करोड २३ लाख रुपैयाँ, रिलायवल नेपाल लाइफ इन्स्योरेन्सले ४ अर्ब २० करोड ९० लाख रुपैयाँ र सन नेपाल लाइफ इन्स्योरेन्सले ३ अर्ब ८८ करोड ५४ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् ।

Related posts

नेप्सेमा सुचिकृत विभिन्न ६ कम्पनीको लाभांश घोषणा, कुन कम्पनीको कति ?

काठमाडौं महानगरमा थपिए ७ हजार ८ सय करदाता

सहकारी प्रकरणमा उपसभापति गुरुङमाथि छानबिन हुन्छ : महामन्त्री थापा