एक्कासि रातम्मे भयो सेयर बजार, कारोबार रकमले रच्यो रेकर्ड

Frustrated business man looking at the falling graph of a stock market struck in financial crisis

काठमाडौं । पछिल्लो समय निरन्तर उकालो लागिरहेको सेयर बजारमा मंगलबार एक्कासि गिरावट आएको छ । सोमबारको तुलनाको नेप्से परिसूचक नेप्से १४५ अंक अर्थात् ५.१८ प्रतिशतले घटेको हो ।

सेयर बजार भारी अंकमा घटेकै दिन कारोबार रकमले भने नयाँ रेकर्ड बनाएको छ । यस दिन २३ अर्ब ७१ करोडको कारोबार भएको छ । यसअघि गत बुधबार २१ अर्ब ९१ करोडको उच्च रेकर्ड बनेको थियो ।

मंगलबार २३३ कम्पनीको मूल्य घट्दा ८ को भने बढेको छ । एउटाको स्थिर रहेको छ ।

Related posts

नेप्सेमा सूचीकृत १३ कम्पनीहरुले गरे लाभांश घोषणा,कुनकाे कति?

एनएलजी इन्स्योरेन्सको सेयर बिक्रीमा

सीईडीबी हाइड्रोपावर कम्पनीको लाभांश प्रस्ताव