फेरि नयाँ रेकर्ड मूल्यमा पुग्यो सुनको भाउ, अझै बढ्ने सम्भावना

काठमाडौँ / सुनको मूल्यले नयाँ रेकर्ड मूल्य कायम गरेको छ । यसअघि गत साउन २ गते प्रतितोला १ लाख ४९ हजार ८ सय रुपैयाँ पुगेर तल झरेको सुनको भाउ पुनः उकालो लागेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार प्रतितोला १ लाख ४९ हजार ४ सय रुपैयाँमा कारोबार भएकोमा आज ५ सय रुपैयाँले बढेर १ लाख ४९ हजार ९ सय रुपैयाँ कायम भएको हो । 

बुधवार प्रतितोला १ लाख ४७ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार प्रतितोला १६ सय रुपैयाँले बढेको थियो । त्यस्तै, आज तेजाबी सुन प्रतितोला १ हजार ३७ हजार ९ सय १० रुपैयाँ कायम भएको छ । चाँदी भने प्रतितोला १ हजार ७ सय ९५ रुपैयाँमा कारोबार गर्न सकिनेछ ।

अन्तर्राष्ट्रिय बजारमै मूल्य बृद्धि भइरहेको कारणले नेपाली बजारमा पनि सुनको भाउ बढिरहेको छ । मूल्य बृद्धि र अफसिजन भएको कारणले अहिले बजार सुनसान रहेको महासङ्घका पूर्व अध्यक्ष तेजरत्न शाक्यले बताए । 

उनले सेप्टेम्बर महिनामा अमेरिकी केन्द्रीय बैङ्कले ब्याज दर घटाउने चर्चा कारण अहिले मूल्य बढेको जानकारी दिए । अन्तर्राष्ट्रिय बजारमा सन् २०२४ भित्रै सुनको मूल्य प्रतितोला २५ सय डलर पुग्ने अनुमान गरिएको उनको भनाई छ । 

Related posts

सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?

सुनको मुल्य अहिलेसम्मकै उच्च, साताको पहिलो दिन कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार ?