काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको १ लाख ८ हजार कित्ता संस्थापक शेयर बिक्रीमा आएको छ । एनआईसी एशिया लघुवित्तको स्वामित्वमा रहेको यी शेयर अन्य व्यक्ति तथा संस्थाहरूले खरिद गर्न पाउने गरी बिक्रीमा आएको हो ।
यसअघि असार १० गते यी शेयर विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी बिक्री खुला गरेको थियो । विद्यमान संस्थापक शेयरधनीहरूले आवेदन नदिएपछि अन्य व्यक्ति तथा संस्थाहरूमा बिक्री गर्न लागिएको हो ।
इच्छुक खरिदकर्ताहरूले आगामी ७ दिनभित्र आवेदन पेश गर्न सक्नेछन् । आवेदन कम्पनीको केन्द्रिय कार्यालय बानेश्वर, काठमाडौंमा आवेदन पेश गर्न सक्नेछन् । सर्वसाधारणमा बिक्री गरिएको यी शेयर संस्थापक शेयरधनी समूहमै रहने जानकारी कम्पनीले दिएको छ ।