कर्णालीमा ३ सय ११ सहकारी, पुँजी १५ अर्ब

Photo: Jitendra Raj Bajracharya/ICIMOD.

काठमाडौं । सुर्खेतस्थित भूमि व्यवस्था तथा सहकारी रजिष्ट्रारको कार्यालय दर्ता भएका कर्णालीका ३ सय ११ सहकारीको पुँजी १५ अर्ब रुपैयाँ पुगेको छ । १० जिल्ला तथा २ भन्दा बढी पालिकालाई कार्यक्षेत्र बनाएर आफ्नो कार्यसञ्चालन गरेका सहकारीको पुँजी १५ अर्ब रहेको रजिष्ट्रार खुमप्रसाद सुवेदीले जानकारी दिए । ती सहकारीको सेयर पुँजी १ अर्ब ७५ करोड ३८ लाख ३३ हजार १ सय ४२ रुपैयाँ हुँदा बचत ८ अर्ब १९ करोड ४४ लाख ९३ हजार ६ सय ३२ रुपैयाँ छ ।

११ अर्ब ५१ करोड ६४ लाख ९७ हजार ९ सय ४० रुपैयाँ ऋण लगानी गरेका सहकारीको जगेडा कोषमा ७१ करोड ४२ लाख ६८ हजार रुपैयाँरहेको उनले बताए । रजिष्ट्रार सुवेदीले सहकारीबाट यहाँका १ हजार ५ सय जनशक्तिले रोजगारी प्राप्त गरेको जनाए ।

कर्णालीमा बचत तथा ऋण, कृषि, बहुउद्देश्यीय, उपभोक्ता, जडीबुटी, तरकारी बीउ उत्पादन, सामाजिक उद्यमी, विद्युत्, उर्जा सोलार, मौरीपालन, सञ्चार, साना किसान, स्वास्थ्य, पर्यटन, वातावरण संरक्षण, निर्माण मजदुर, दुग्ध, घरेलु, शैक्षिकलगायत सहकारी सञ्चालनमा रहेको सहकारी रजिष्ट्रारको कार्यालय सुर्खेतले जनाएको छ ।

Related posts

५० अर्ब तरलता खिच्दै राष्ट्र बैंक

आर्थिक क्षेत्रमा पुनर्जागरण ल्याउने रणनीतिमा लुम्बिनी चेम्बर

हिमालयन रिको सर्वाधिक लगानि रहेको प्रोटेक्टिभ माइक्रोले कस्तो पायो रेटिङ