एभरेष्ट बैङ्कद्वारा ५ वर्षभन्दा पुरानो नगद लाभांश रकम बुझिलिन आग्रह

काठमाडौँ । एभरेष्ट बैङ्क लिमिटेडले ५ वर्षभन्दा पुरानो नगद लाभांश रकम बुझिलिन सेयरधनीहरुलाई आग्रह गरेको छ ।

बैङ्कले एक सूचना जारी गर्दै विभिन्न साधारण सभाबाट पारित भएको ५ वर्षभन्दा पुरानो नगद लाभांश बुझिलिन आग्रह गरेको हो । बैङ्कले आव २०५५र५६ देखि २०७५र७६ सम्मको लाभांश रकम बुझिलिन बाँकी सेयर धनीको सङ्ख्या र जम्मा रकम बारे जानकारी प्रकाशित गरेको छ ।

बैङ्कबाट लाभांश पुर्जा लिई भुक्तानी लिन बाँकी तथा लाभांश पुर्जा हालसम्म पनि लिन नआएका सेयरधनीहरुलाई आफ्नो सेयर प्रमाणपत्र र डिम्याट खाताको विवरण, सेयरसम्बन्धी कागजात र परिचयपत्र लिई बैङ्कको सेयर शाखामा सम्पर्क राखी लाभांश रकमको भुक्तानी लिन बैङ्कले आग्रह गरेको छ ।

उल्लेखित ५ वर्षभन्दा पुरानो भुक्तानी हुन बाँकी लाभांशसँग सम्बन्धित सेयरधनीहरुको नामसहितको विवरण बैङ्कको आधिकारिक वेबसाइटमा राखिएको बैङ्कले जनाएको छ ।

Related posts

५० अर्ब तरलता खिच्दै राष्ट्र बैंक

आर्थिक क्षेत्रमा पुनर्जागरण ल्याउने रणनीतिमा लुम्बिनी चेम्बर

हिमालयन रिको सर्वाधिक लगानि रहेको प्रोटेक्टिभ माइक्रोले कस्तो पायो रेटिङ