२४ बीमा कम्पनीको सेयरभाउ बढ्यो

काठमाडौं । साताको चौथो कारोबार दिन सेयरबजारमा उच्च अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक ६४।२५ अंकले बढेर २७६०।९० विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३३२ कम्पनीको ५ करोड ९ लाख ६७ हजार ९५१ कित्ता सेयर किनबेच हुँदा २१ अर्ब ९१ करोड रुपैयाँमाथिको कारोबार भएको छ । नेप्सेमा रहेका १३ वटै उपसूचकमा हरियाली छाएको छ । बीमा समूहका दुईवटै उपसूचक बृद्धि भएका छन् ।
जीवन बीमा समूह २।१० प्रतिशत र निर्जीवन बीमा समूह १।८७ प्रतिशतले बृद्धि भएको छ । दुईवटा बीमा कम्पनी बाहेक सबै कम्पनीको सेयरभाउ बढेको छ । सर्वाधिक कमाउने वा सेयरमूल्य बढ्ने कम्पनीमा यु्नाइटेड अजोड इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ आज सकारात्मक सर्किट लागेर ७६१।२० रुपैयाँ पुगेको छ । त्यस्तै, हिमालयन रि इन्स्योरेन्सको ७।२८ प्रतिशत, प्रभु इन्स्योरेन्सको ६।७५ प्रतिशत, रिलाबयल नेपाल लाइफको ३।५८ प्रतिशत, सुर्यज्योति लाइफको ३।४६ प्रतिशत, आइएमई लाइफको ३।२९ प्रतिशत, नेपाल रि इन्स्योरेन्सको ३।०९ प्रतिशत, प्रभु महालक्ष्मी लाइफको ३।०३ प्रतिशत, हिमालयन लाइफको २।६७ प्रतिशत, नेपाल इन्स्योरेन्सको २।५५ प्रतिशत, सिटिजन लाइफको २।५१ प्रतिशत, नेपाल लाइफको २।३० प्रतिशत, आइजीआई प्रुडेन्सियलको २।२० प्रतिशत, नेको इन्स्योरेन्सको २।०९ प्रतिशत र सन नेपाल लाइफको २।०६ प्रतिशतले सेयरभाउ बढेको छ ।

यसका साथै एनएलजी इन्स्योरेन्सको २।०६ प्रतिशत, सगरमाथा लुम्बिनी इन्स्योरेन्सको १।९८ प्रतिशत, हिमालयन एभरेष्टको १।८५ प्रतिशत, सानिमा रिलायन्स लाइफको १।७६ प्रतिशत, शिखर इन्स्योरेन्सको १।५२ प्रतिशत, नेशनल लाइफको १।४५ प्रतिशत, सिद्धार्थ प्रिमियरको ०।९३ प्रतिशत, एशियन लाइफको ०।४१ प्रतिशत र एलआइसी नेपालको ०।०६ प्रतिशतले सेयरभाउ बढेको छ ।

आज दुईवटा बीमा कम्पनीको मात्रै सेयरमूल्य घटेको छ । राष्ट्रिय बीमा कम्पनीको १।१२ प्रतिशतले घटेर १७ हजार ७०० रुपैयाँ कायम भएको छ भने सानिमा जिआइसी इन्स्योरेन्सको ०।४० प्रतिशतले घटेर ६९२।२० रुपैयााँ कायम भएको छ । सेयरभाउ बढेसँगै आज हिमालयन रि को सर्वाधिक कारोबार भएको छ । कम्पनीको एकैदिन ८४ करोड ४९ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

Related posts

५० अर्ब तरलता खिच्दै राष्ट्र बैंक

आर्थिक क्षेत्रमा पुनर्जागरण ल्याउने रणनीतिमा लुम्बिनी चेम्बर

हिमालयन रिको सर्वाधिक लगानि रहेको प्रोटेक्टिभ माइक्रोले कस्तो पायो रेटिङ