सेयर बजारमा छायो हरियाली, कारोबार रकम पनि उच्च

काठमाडौं । सेयर बजारमा आज पनि हरियाली छाएको छ। आज सेयर बजार नेप्से परिसूचक ६४।२५ अंकले बढेर २७६०।९० विन्दुमा बन्द भएको छ।

त्यस्तै, सेन्सेटिभ परिसूचक पनि १०।६५ अंकले बढेर ४९६।०३ बिन्दुमा पुगेको छ ।

आज १९१ कम्पनीको सेयरमूल्य बढेको छ भने ४४ कम्पनीको सेयरमूल्य घटेको छ । यो दिन ७ कम्पनीको सेयरमूल्य स्थिर रहेको छ। आज १३ वटै उपसमूहरुमा हरियाली छाएको छ।

आज ३३२ कम्पनीको ५ करोड ९ लाख ६७ हजार ९५१ कित्ता सेयर किनबेच हुँदा २१ अर्ब ९१ करोड १५ लाख ३ हजार माथिको सेयर कारोबार भएको छ ।

आज हिमालयन रिइन्स्योरेन्सको सार्वधिक कारोबार भएको छ । यस कम्पनीको ८४ करोड ४९ लाख रुपैयाँको कारोबार भएको छ ।

माउन्टेन इनर्जीः ४१ करोड ९ लाख रुपैयाँ,शिवम सिमेन्ट ४० करोड ९ लाख रुपैयाँ,नेपाल फाइनान्स ३८ करोड ९४ लाख रुपैयाँ,अपी पावर ३७ करोड ८२ लाख रुपैयाँ,शाइन रेसुंगा डेभलपमेन्ट ३० करोड २१ लाख रुपैयाँ,नागरिक लगानी कोष २९ करोड ८० लाख रुपैयाँ,अरुण भ्याली हाइड्रोपावर २९ करोड ६३ लाख रुपैयाँ,एनआरएन इन्फ्रास्ट्रक्चर २८ करोड ६४ लाख रुपैयाँ,सीईडीबी हाइड्रोपावर २७ करोड ८८ लाख रुपैयाँको सार्वधिक कारोबार भएको छ ।

Related posts

५० अर्ब तरलता खिच्दै राष्ट्र बैंक

आर्थिक क्षेत्रमा पुनर्जागरण ल्याउने रणनीतिमा लुम्बिनी चेम्बर

हिमालयन रिको सर्वाधिक लगानि रहेको प्रोटेक्टिभ माइक्रोले कस्तो पायो रेटिङ